राम जानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत जनकपुरधाममा आज मटकोर सम्पन्न भएको छ ।
मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित पुगेका महिलाहरूले जनकपुरधामको ऐतिहासिक गंगासागरमा पोखरीमा बिहेको वेदी बनाउनका लागि माटो ल्याएका छन्।
मटकोर कार्यक्रममा प्रदेश दुईका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रतिनिधिसभाका सांसद जुली महासेठ लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा प्रदेश प्रमुख कायस्थले विशेष गंगा आरती समेत गरेका थिए।
मटकोरको क्रममा भजनकिर्तनको कार्यक्रम समेत राखिएको छ।
वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइने सोही माटोले रामजानकी विवाहका लागि विवाहको वेदी तयार पार्ने चलन रहेको छ।
सबै तस्बिरहरू : नेहा झा