भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आइपुगेका छन्।
रामजानकी विवाहोत्सवमा सहभागी हुनका लागि मुख्यमन्त्री योगी भारतको अयोध्याबाट आउने जन्तीको नेतृत्व गर्दै जनकपुरधाम आइपुगेका हुन्।
योगी उत्तर प्रदेशको राजधानी लखनऊबाट निजी विमानमार्फत् जनकपुरधाम आएका हुन्। अहिले योगी जानकी मन्दिरमा पूजाअर्चनाका लागि त्यहाँ पुगेका छन्।
त्यसपछि योगी प्रदेश दुईको सरकारले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन्।
विवाहोत्सव कार्यक्रममा सहभागी भएपछि योगी आजै साँझ करिब पौने ६ बजे उत्तर प्रदेशको राजधानी लखनऊ फर्कने कार्यक्रम छ।
मुख्यमन्त्री योगीलाई विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सभामुख, उपसभामुख तथा मन्त्रिपरिषदको सदस्यहरूले स्वागत गरेका थिए।