ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्यालयलाई लक्षित बम विस्फोट गराएको आरोपमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका एक नेता पक्राउ परेका छन् ।
प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखालको टोलीले कंलकीबाट सुर्य भुजेललाई पक्राउ गरेको छ। महाशाखाका एसपी सोमेन्द्रसिंह राठौंरका अनुसार भुजेल बम विस्फोटका मुख्य योजनाकार हुन् ।
प्रहरीका अनुसार बम विस्फोटमा भुजेलले फिल्ड कमाण्डर भएर काम गरेका थिए।
उनी कलंकीस्थित एक घरमा लुकेर बसेका थिए।
गत शुक्रबार साँझ बम विस्फोट हुदाँ सिंहबहादुर गुरुङ्गको मृत्यु भएको थियो भने प्रतिक्षा खड्का र उरुषा माधन्धर घाइते भएका थिए। बम विस्फोटको जिम्मा चन्द नेतृत्वको नेकपाले लिएको थियो।