पाँचथरको कुम्मायक गाउँपालिकामा डीप बोरिङबाट निकालिएको खानेपानीको प्रदेश नम्बर एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो मौसमले उद्घाटन गरेका छन्।
खानेपानीको उद्घाटनसँगै त्यस क्षेत्रका करिब १५ सय घरघुरी लावान्भित हुने भएका छन्।
कुम्वायक गाउँपालिका वडा नं. १ मा डिप वोरिङबाट निकालिएको पानीको यासोक बजारमा शनिबार मन्त्री मौसमले धारा खोलेर उद्घाटन गरेका हुन्।
खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री मौसमले तमोर लिफ्टिङ आयोजनाको प्रतिक्षा अघि नै डिप वोरिङको आयोजनाले सानो राहात भएको प्रतिक्रिया दिए।
उनले शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता जनताको मौलिक अधिकार र आधारभूत आवश्यकताको आभावमा बसाइ सर्नु नपरोस भन्ने सरकारको उद्धेश्य रहेको भन्दै यस्ता आयोजनाले कार्यक्रममा सघाउ पुर्याएको बताए।
निर्वाहमुखि र परम्परागत कृषि क्षेत्रलाई व्यवसायीक, आधुनिक, यान्त्रिकृत र सघन उत्पादनसँगै त्यस क्षेत्रमा आधारीत उद्योगधन्दाको विकास र विस्तारले मात्र समुदायको आर्थिक समृद्धि हुने भन्दै प्रदेश सरकारको अबको योजना त्यस क्षेत्रतर्फ केन्द्रित हुने स्मरण गराए।
गरिबी न्युनीकरण, उद्यमशिलताको विकास रोजगार सृजना जस्ता गतिविधिवाट समृद्धिको मार्ग प्रसस्त गर्न सरकार लागिपरेको उनले दाबी गरे।
समुदायको मागमा आधारीत भएर अब सुख्खा क्षेत्रमा लिफ्टीङ खानेपानीपछि लिफ्टीङ सिँचाईको कार्यक्रम ल्याएर पर्यटन, पूर्वाधार, उद्योग जस्ता क्षेत्रमा नतिजा आउने खालका कार्यक्रममा वजेट विनियोजन गर्ने उनले बताए।
नेपाल सरकारले २०६८ सालमै सुख्खा क्षेत्र घोषणा गरेका साविकका यासोक, रानीगाँउ र स्यावरुम्वा गाउँ विकास समितिहरुमा अहिले ५ वटा डिप वोरिङका आयोजनाहरु सम्पन्न भइसकेका छन्।
जसमध्ये ३ वटा आयोजनावाट खानेपानीको सुविधा सर्वसाधारणलाई वितरण सुरु भइसकेकोको छ भने बाँकि २ वटा अन्तिम चरणमा पुगको आयोजनाका अध्यक्ष तथा पूर्व मन्त्री डम्वरसिहं सम्वाहाम्फेले जानकारी दिए।
जिल्लाकै अति सुख्खा ग्रस्त क्षेत्रमा प्रदेश सरकारले एक करोड ६० लाख बजेट उपलव्ध गराएसँगै आयोजनको काम द्रूत गतिमा भएको खानेपानी तथा सरसफाई डिभिजन नं. १ का प्रमुख सुरतलाल चौधरीले बताए।
मेची अञ्चलमै पहिलो पटक पाँचथको कुम्वायकमा डिप वोरिङको आयोजनाको परीक्षण सफल भएको उनको तर्क छ।
सुख्खा क्षेत्रमा पानी निस्केपछि स्थानीय हर्षित भएका छन्। ‘यो त अचम्मै हो। यसरी पानी निस्कन्छ भनेर मैले त सोचेको पनि थिएनँ। अब पानीकै अभावमा कुनै पनि पेशा व्यवसाय बन्द गर्नु नपर्ने भयो,’ स्थानीय व्यवसायी लिला थापाले भनिन्।
विद्युतको सहायताबाट वोरिङ गरेर निकालिएको पानी सर्वसाधारणका घरसम्म पुर्याउन यासोक वजारमा पुरानै पाइपलाइन र संकलन केन्द्रलाई प्रयोग गरिएसँगै कुम्वायक गाउँपालिकाले प्रति लिटर ६० पैसामा वितरण गर्दै आएको तमोर नदीको पानी वितरण कार्य समेत बन्द गरिएको छ।
डिप बोरिङबाट पानी निस्किएसँगै पानी अभावमा वसाई सरेका थुप्रै परिवारहरु पुनर्स्थापीत हुने स्थानीयको अुनमान छ ।
डिप वोरिङबाट पानी निकाल्ने प्रविधि सफल भएसँगै प्रदेश सरकारले फिदिम ९ लुम्फावुङ, फाल्गुनन्द १ को सुर्केनागी र ५ को घुर्विसेपञ्चमीसहित फिदिम नगरपालिका ११ को फेवादिन क्षेत्रमा समेत पानी निकाल्ने काम सम्पन्न गरेको छ।
योजनाका सफलतासँगै जिल्लाका अन्य क्षेत्रहरुमा समेत डिपवोरिङ प्रविधिको माग बढेको छ।