प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसहित सबै मन्त्रीहरू हावाहुरीले क्षति पुर्याएको बारा र पर्साको निरीक्षणमा गएका छन्।
मुख्यमन्त्री राउत, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव,, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश राय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव लगायतका रहेका छन्।
टोलीमा केही राज्यमन्त्रीहरु समेत सहभागी रहेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिएका छन्। मन्त्रीको टोलीसँगै चिकित्सक तथा राहत टोली पनि समावेश छ। प्रदेश सरकारले आइतबार रातिको हावाहुरीमा परी मृत्यु हुनेका परिवारलाई तीन लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ।