नयाँ वर्षको दिन आइतबार बिहानै दुखद खबर आयो। सोलुखुम्बुको लुक्ला विमानस्थलमा जहाज र हेलिकप्टर ठोक्किए।
रामेछापको मन्थलीका लागि उड्न लागेको जहाजले रनवे छोडेर आकाशतिर आउन सकेन। बरू चिप्लिएर बाहिर गयो। पार्किङ गर्न लागेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्कियो।
दुर्घटनामा परी समिट एयरका कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका २ असईको ज्यान गयो।
यो पनि पढ्नुस्:
ढुंगानाले फेसबुकमा आफ्नो नाम सुजित लामा ढुंगाना राखेका थिए। उनका बाबुआमाले अन्तरजातीय विवाह गरेका थिए, बाबु ढुंगाना आमा लामा। सुजितले नाममा लामा थर पनि राख्नुको पछि उनकी आमाको पहिचान जोडिएको थियो।
दिवंगत कोपाइलट सुजित लामा ढुंगाना।सानैमा बुवाले सुजित र उनकी आमालाई छोडेपछि ल्हेमी लामाले हुर्काएकी थिइन्। स्वास्थ्य सेविका ल्हेमी अहिले पनि फाप्लुमै व्यवसाय गरेर बस्छिन्।
ओखलढुंगामा माध्यामिक शिक्षा पढेका ढुंगानाले पाइलट कोर्स फिलिपिन्सबाट गरेका थिए।
पाइलट कोर्स सकेर उनले सन् २०१७ को फेब्रअरीदेखि गोमा एयरमा काम सुरू गरेका थिए। गोमा एयर नै अहिले समिट एयरका रूपमा सञ्चालनमा छ।
३४ वर्षीय सुजितको एक वर्ष अघिमात्र विवाह भएको थियो।
यो पनि पढ्नुस्:
लुक्लाबाट उड्न लागेको जहाज चिप्लिएर हेलिकप्टरमा ठोक्कियो, कोपाइलटसहित ३ को मृत्यु