राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सकिएको छ। आयोजनाको निर्माण सुरु भएको डेढ वर्षमै निर्माणको मुख्य पार्टको रुपमा रहेको रनवे पूरा भएको हो।
अहिले एप्रोन (बिमान पार्किङ गर्ने स्थान) को निर्माण काम सकिएको छ। विमानस्थलमा रनवेको सवै निर्माण सम्पन्न भइसकेको छ। ट्याक्सी वे र नाला निर्माणलगायतका कामहरु समेत अन्तिम चरणमा पुगेका छन्। मुख्य टर्मिनल भवनको काम दुई तिहाई सकिएको छ । अन्य भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
रनवे, टर्मिनल बिल्डिङ, हेंगर बिल्डिङ, कार्गो, एटिसीलगायत अन्य सहायक गरी विभिन्न एकदर्जन जति भवन निर्माणको काम चलिरहेको हो । ती मध्ये ७, ८ वटा भवनको निर्माण सकिएको छ। हेंगरको ढलान कार्य सकिएर स्टिल स्ट्रक्चरको काम समेत सकिएको छ ।
विमानस्थलको रनवे पूरा भएसँगै निर्माणको करिब ३५ प्रतिशत भन्दा बढि काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाले जानकारी दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेललका अनुसार विमानस्थलको मुख्य कार्यकारुपमा रहेको रनवेको काम सकिएको हो ।
२ हजार ५ सय मिटरको यस विमानस्थलको रनवे नेपालकै नयाँ र नमुना योग्य प्रयोग गरिएको छ। अन्य विमानस्थलमा पिच गर्ने गरिएको भए पनि पनि यहाँ पहिलो पटक रनवे ढलान गरिएको हो। यो रन वेमा ३० वर्षसम्मको वारेन्टी रहेको छ। सरकारकाले बिमानस्थल उद्धाटन गरेदेखि नै तोकिएको अवधिभन्दा ६ महिना अगाडि नै तयार गर्न निर्माण कम्पनीलाई आग्रह गर्दे आएको छ।
अहिले चिनियाँ २ सय जना र नेपाली २ सय ५० जना गरि ४ सय ५० जनाले नियमित रुपमा कामदार खटिएका छन्। चिनियाँ कम्पनी सीएएमसीले २०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने शर्त छ।
सम्झौताअनुसार कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। तर, सन् २०२० को डिसेम्बरभित्रै पोखरा विमानस्थल सञ्चालनमा ल्याइने गरी कार्य भैरहेको पौडेलले बताए।
एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको बिना ब्यायाजको ऋणमा विमानस्थल निर्माण भइरहेको छ। चिनियाँ एक्जिम बैंकको झन्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थल झन्डै ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मामदण्डअनुसार फोर ‘डी’ मोडलमा निर्माण गरिएको विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुनेछन्। विमानस्थलको धावनमार्गको लम्वाई २५ सय मिटर र रनवेको चौडाइ ४५ मिटरको रहेको छ। विमानस्थलका लागि सरकारले २०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो। त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो।
भिडियो