म सुकेधारामा आफ्नै काममा व्यस्त थिएँ। ठूलो आवाजमा पड्कियो। पर धूँवा पनि देखियो। के भएको रहेछ भनेर म दगुर्दै गएँ। पड्किएको आवाज आएको घर बाहिरपट्टि सडक हिलो थियो। पानी तालिएको रहेछ।
सैलुनमा पड्किएको रहेछ। एक जना बाहिरै छट्पटाइरहेका थिए। भित्र पनि घाइतेहरू थिए। भित्रका घाइतेलाई उद्धार गर्न जान सकिनँ।
बाहिरका घाइतेलाई बोकेर उद्धार गरियो।
यतिबेलासम्म मानिसहरूको भीड लागिसकेको थियो तर उद्धार गर्ने मान्छे धेरै भएनन्। मानिसहरू मोबाइल झिकेर धमाधम सेल्फी र भिडियो, फोटोहरू खिच्न ब्यस्त थिए तर उद्धारमा सहयोग नगरेको देख्नुपर्दा मन खिन्न भयो।
यस्तो इमरजेन्सीमा पनि मानिसहरू फोटो खिच्नै व्यस्त रहे। मानवियता भन्ने नै रहेनछ। मेरो मन खिन्न भएको छ। घाइते एक जनालाई बोकेरै अस्पताल लैजाँदै गर्दा बाटोमा प्रहरीको भ्यान आइपुग्यो अनि त्यही भ्यानमा घाइतेलाई राखेर अस्पताल लगियो। म अस्पताल भने गइनँ।