काठमाडौंको सुकेधारा र अनामनगरस्थित घट्टेकुलोमा आइतबार अपरान्ह भएको बम बिष्फोटनका घटनामा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नता रहेको पाइएको छ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार दुवै बिष्फोटका घटनामा विप्लव समूहको संलग्नता देखिन्छ। घटनास्थलमा विप्लव समूहका पर्चा भेटिएका छन्। घटनामा विप्लव समूहका विद्यार्थी नेता र नेवा मुक्ति मोर्चाका नेता घाइते भएकोले पनि उनीहरुको संलग्नता रहेको खुल्ने उनले बताए।
‘दुवै घटनामा विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिन्छ,’ सुवेदीले भने, ‘थप अनुसन्धान भइराखेका छन्। घटनास्थलको चेकजाँच र घटनास्थलमा मुचुल्का उठाउने काम भइराखेको छ।’ घटनास्थलमा नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेना खटिएका छन्।
यस्तै प्रहरीले विप्लवले सोमबार गर्ने भनेको नेपाल बन्दलाई लक्षित गरेर उपत्यका छिर्ने सबै नाकाहरुमा सुरक्षा चेकजाँच कडा बनाएको जनाएको छ।