जनकपुरधामको एक होटलमा आधा दर्जन भन्दा बढि सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
बिहीबार बिहान करिब ३ बजेतिर ग्याँस सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदम चोकमा रहेको गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
होटलको भान्सामा राखिएको ग्याँस सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाइ छ ।
विस्फोटपछि भएको आगलगी बट ३० लाखभन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
होटेल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा राखिएको थियो ।
घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन।