पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोलीले तामाङको हत्यामा संलग्न हिलिहाङ-६ का १९ वर्षीय अस्मिन भनिने घनेन्द्र लावतीलाई बिहीबार राति पक्राउ गरेको हो।
उनलाई हिलिहाङमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हत्यापछि फरार रहेका अभियुक्तको खोजतलास गर्ने क्रममा प्रहरीले लावतीको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकरी पनि बरामद भएको कुँवरले जानकारी दिए।
हिलिहाङ-६ रातमाटेमा लघुबित्त समूहको बैठक सञ्चालनपछि ब्याज र किस्ता संकलन गरेर फर्कंदै गरेकी तामाङको असार ३ गते हिलिहाङ-६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
पैसाकै लोभमा तामाङको हत्या गरेको लावतीले प्रारम्भिक बयानमा प्रहरीलाई बताएका छन्। लावतीले प्रारम्भिक बयानमा प्रहरीलाई बताएका छन्। पुष्टि भएको डिएसपी कुँवरले बताए। लावतीले लुकाएर राखेको ८१ हजार ७० रुपैयाँ बरामद गरिएको उनले बताए।
इलामको माई जोगमाई घर भएकी २१ वर्षीया तामाङ एनएमबी माइक्रोफाइनान्स गोपेटार पाँचथरमा सहायक कर्मचारीको रुपमा कार्यरत थिइन्। हत्या आरोपी लावतीलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी मुद्दा चलाइने कुँवरले बताए।