पोखरामा डेंगुका बिरामी भेटिएका छन्। पछिल्लो ९ दिनमा २१ जना डेंगुका बिरामी भेटिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ।
बिहीबार पोखरामा आयोजित एक कार्यक्रम पोखराको वडा नम्बर ४, ८, ९, १०, १७, २५ मा १७ जना र तनहुँ, स्याङ्जा र धरानबाट पोखरा आएका ४ जनामा डेंगु निर्देशनालयका निर्देशक खिम बहादुर खड्काले जानकारी दिए।
उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही घर फर्किसकेको उनले बताए।
धरानबाट डेंगु लागेर औषधि खाइरहेका दुई जना पोखरा आएको बताए। पोखरा बसपार्क क्षेत्र र धेरै ग्यारेजहरू भएको क्षेत्रमा बढी मात्रामा डेंगुका बिरामी भेटिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलले जनाकारी दिए।
उनले पोखरा पर्यटकीय क्षेत्रमा भने त्यसको कुनै असर नरहेको बताए। पोखरामा भेटिएका बिरामीको ज्यान जोखिममा नरहेको उनले बताए।
पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले उपचारभन्दा पनि उत्पत्ति रोक्न जरूरी भएको बताए।
‘लामखुट्टेका लार्भा रहने स्थान पहिचान गरी नष्ट गर्ने अभियान वडामा चलाइएको छ’, उनले भने, ‘महानगरमात्र होइन, यसबारे सबै सचेन हुन आवश्यक छ।’