कास्की प्रहरी पोखराले वडा कार्यालयमा चोरी गर्दै हिँड्ने एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
प्रहरीले काठमाडौं ११ घर भई हाल पोखरा १० मा बस्दै आएका किशोर थापालाई पक्राउ गरेको हो। प्रहरीले उनलाई ९ वटा कम्प्युटर, ४ ल्यापटप र अन्य चोरीमा संलग्न सामानसहित पक्राउ गरेको हो।
पोखरामा चोरी गरेर थापाले काठमाडौं १४ कलंकीमा कम्प्युटर सोलुसन सञ्चालन गर्ने मकवानपुर थाहा नगरपालिकाका रुपचन्द्र गोपालीलाई विक्री गर्दै आएका कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । चोरीका सामग्री किन्ने गोपालीलाई पनि कम्प्युटरसहित पक्राउ गरी बुधबार नै प्रहरीले सार्वजनिक गरिएको छ।
उनीहरूलाई चोरी तथा डाकासम्बन्धी कसूर मुद्दामा कास्की जिल्ला अदालतबाट मुद्दा दर्ता गरी थप अनुसन्धन गरिरहेको एसपी कार्कीले बताए। पछिल्लो समय पोखराका महानगरपालिका ६ को वडा कार्यालयमा चोरी भएको थियो।
पोखरा महानगरपालिकाका ३३ वटा कार्यालयमध्ये ११ वटा वडामा चोरी भएको थियो।
पोखरा ५, १२, १३ १४, १५, १६, १९, २५, २९ र ३१ कार्यलयको ताला फोडेर चोरी भएको थियो।
वडा कायालयबाट कम्प्युटर चोरी हुने गरेको थियो।