रुकुम पश्चिममा भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ।
सानिभेरी गाँउपालिका वडा नं. १ निवासी चालक २२ वर्षीय महेन्द्र बिक र सोही ठाउँ निवासी सहचालक २७ वर्षका चन्द्रबहादुर बिकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी सुमित खड्काले चौरजहारी बजारबाट सिमेन्ट भरेर पुर्तिमकाँडा जाँदै गरेको भे १ त ५१०७ नम्बरको ट्याक्टर सडकदेखि २० मिटर तल खसेको हो।
प्रहरीले दुबै जनाको शव भने रातको साढे ११ बजेतिर मात्रै घटनास्थलबाट उठाएर अस्पताल पुर्याएको थियो। राति साढे १० बजे मात्रै दुर्घटनाबारे प्रहरीलाई खवर आएको हुँदा घटनास्थल पुग्न र शव ल्याउन ढिला भएको डिएसपी खड्काले जानकारी दिए ।
चालकले मदिरा सेवन गरि चलाएका कारण ट्रयाक्टर दुर्घटनामा परेको डिएसी खड्काले सेतोपाटीलाई बताए । ‘चालकको पकेटमा हामीले मदिराको बोत्तल नै फेला पारेका छौं,’ डिएसपी खड्काले भने ‘ड्रिङ्क ड्राइभरका कारण दुर्घटना भएको देखिएको छ।’