एक वर्षअगाडि सार्वजनिक बसमा अश्लिल हर्कत गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले घटनामा संलग्न युवालाई महाशाखाको टोलीले सोमबार चितवनबाट पक्राउ गरेको बताए।
एक वर्षअघि डल्लु-लगनखेल रूटमा चल्ने बसमा एक युवाले हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी एक महिलाको कपालमा विर्य स्खलन गरेको भिडिओ सार्वजनिक भएको थियो।
भिडिओ सार्वजनिक भएपछि युवतीहरूको एक समूहले महाशाखा पुगेर सार्वजनिक यातायात महिलाको लागि सुरक्षित नभएको भन्दै दोषी पक्राउ गर्न उजुरी दिएका थिए।
उजुरीपछि प्रहरीले मिहिन अनुसन्धान गर्दै आएको थियो।
यसका लागि महाशाखाले फेसबुक मुख्यालयसँगसमेत सहयोग मागेको थियो।
घटना र पक्राउ परेका युवकबारे थप जानकारी दिन महाशाखाले ११ बजे पत्रकार सम्मेलन गर्दैछ।