नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्।
शुक्रबार उनले राजीनामा पत्र प्रहरी प्रधान कार्यालयलाई बुझाएका हुन्।
उनी नेपाल प्रहरीका प्राविधिक तर्फका डिआइजी हुन्।
२५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत छन्। चार वर्षदेखि भने उनले डिआइजी पद सम्हाल्दै आएका थिए। प्राविधिकतर्फ एआइजीको दरबन्दी छैन।
आफूभन्दा जुनियर अधिकारी एआइजी, आइजी हुँदा पनि संगठन/गृह मन्त्रालयले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै संगठनमा असन्तुष्टि थियो।
अहिलेका आइजी ठाकुर ज्ञवाली पनि उनीभन्दा जुनियर हुन्। यसअघिका आइजी सर्वेन्द्र खनाल पनि उनी भन्दा जुनियर थिए। उनीभन्दा जुनियर पुष्कर कार्की पनि एआइजी भए। हस्पिटलमा उनीभन्दा जुनियर आशा सिंह एआइजी भएकी छन्।
यद्यपी उनको राजीनामा भने गृहमन्त्रालयले स्वीकृत गरेको छैन।
नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन उनको ठूलो योगदान छ।