सप्तरीमा एक जना सरकारी कर्मचारीको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
उनमा भदौ ३१ गते कोरोना पोजेटिभ देखिएको थियो। त्यसयता उनी होम आइसोलेसनमा बस्दै आएका थिए।
'सुरूमा उनलाई ज्वरो आएपनि पछिल्लो चार दिनदेखि उनी सामान्य थिए', प्रमुख यादवले भने 'आज बिहान पनि उनी पानी खाएका थिए।'
मृत्यु भएका पुरुष प्रमुख जिल्ला अधिकारीको निवासमा खाना बनाउने गर्थे।
उनी लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए।
योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ।