काठमाडौंको मित्रनगरबाट सालकको खपेटा र अस्थिपञ्जरसहित एक पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले धादिङका २७ वर्षीय सुवास भन्ने सुजन तामाङलाई पक्राउ गरेको हो।
परिसरले मित्रनगर क्षेत्रमा दुर्लभ वन्यजन्तु सालक बेचविखन भइरहेको भन्ने सूचना पाएको थियो।
त्यसपछि परिसरबाट खटिएको विशेष टोलीले सुवासलाई पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।
उनीबाट प्रहरीले तीन फिट ६ इन्च लामो र दुई केजी ३०० ग्राम भएको सालकको खपेटा र अस्थिपञ्जर बरामद गरेको हो।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले उनलाई जिल्ला वन कार्यालय काठमाडौं पठाएको छ।