मोरङमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
बुधबार दिउँसो सवा दुई बजे एम्बुलेन्सको ठक्करबाट ग्रामथान गाउँपालिका-२ की ४५ वर्षीया रम्वादेवी महत्तो गम्भीर घाइते भएकी थिइन्।
ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १-०२-००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री रम्वादेवीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।
घाइते रम्वादेवीको उपचारका क्रममा बिहीबार बिहान पौने १० बजे विराट मेडिकल कलेज बुढिगंगामा मृत्यु भएको हो।
ट्रक चालक नबिन खवास र एम्बुलेन्स चालक घनश्याम कुँवरलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।