सफ्टवेयर सोर्स कोडको दुरूपयोग गरेको आरोपमा प्रिफेस टेकनोलोजी प्रालिका तीन जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले प्रिफेस टेकनोलोजीका तीन जना सञ्चालकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दाङ लमही नगरपालिका-५का ३९ वर्षीय बिमल केसी, रुपन्देही मायादेवी गाउँपालिका-५का ४० वर्षीय श्यामबहादुर चौधरी र पूर्वी नवलपरासी कावसोती नगरपालिका-७ का ३६ वर्षीय शंकर ज्ञवाली छन्।
उनीहरूले नेशनल सफ्टवेयर एन्ड आइटी सोलुसन प्रालिले आफ्नो स्वामित्वको सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेसमा सामान्य परिवर्तन गरी हुबहु नक्कल गरी आफ्नो कम्पनी सञ्चालन गरेको साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
कम्पनीमार्फत् सोर्स कोड र युनर इन्टरफेसको दुरूपयोग गरी विभिन्न संघ संस्थालाई बिक्री गरेको अर्यालले बताए।
दुरूपयोग गरेको उजुरी आएपछि प्रहरीले तीनै जना सञ्चालकलाई आइतबार पक्राउ गरेको हो।
उनीहरूमाथि विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कार्य गरेको भन्दै काठमाडौं जिल्ला अदालतबाट ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
यस कम्पनीका अन्य सञ्चालकहरू फरार छन्। उनीहरूको खोजी भइरहेको ब्युरोले जनाएको छ।