बिपी प्रतिष्ठानको बेथितिविरूद्ध नागरिक आन्दोलनले आज भद्रकालीमा प्रदर्शन गरेको छ। सिंहदरबारलाई औंला तेर्साउँदै प्रतिष्ठान बचाउन उनीहरूले माग गरेका छन्।
नागरिक अगुवा, बिपीमा अध्ययनरत विद्यार्थी लगायतले ब्यानर र प्लेकार्ड बोकेर शान्तिपूर्ण आन्दोलन गरेका हुन्। त्यहीबीच शिल्पी नाटकघरले नाटक प्रदर्शन गरेको हो।
बिपीका बेथितिविरूद्व धरानमा आन्दोलन सुरू भएको तीन साता बितिसक्यो। तर पनि सुनुवाइ नभएपछि नागरिक अगुवाहरूले काठमाडौंबाट पनि बेथितिविरूद्ध आन्दोलनरत पक्षलाई साथ दिइरहेका छन्।
पछिल्लो समय उपकुलपतिलगायत प्रतिष्ठानका पदाधिकारीहरूले नै अनियमितता गरेको आरोप लगाउँदै उनीहरूको नेतृत्वमा काम गर्न नसक्ने भन्दै प्रतिष्ठानका कर्मचारीहरूले आन्दोलन गरिरहेका छन्।
यो नाटकमार्फत् पनि बिपीको बेथितिलाई देखाउन खोजिएको थियो। निर्देशक घिमिरे युवराजले उक्त नाटक निर्देशन गरेका हुन्।
नाटकबारे बताउँदै उनले भने, ‘स्वास्थ्य प्रतिष्ठानहरूमा ठूलो अराजकता छ। माफियाहरूको ठूलो हस्तक्षेप छ। आम नागरिकले स्वास्थ्य सेवा पाइरहेका छैनन्। सत्तामा बसेका मान्छेले आश्वासन मात्र दिइरहेका छन्। माफियागिरीविरूद्ध हामीले नाटकमार्फत् खबरदारी गरेका हौं।’
भिडिओ:





















