काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगाको सवारी आवागमनमा पहिरोका कारण अवरोध पुगेको छ।
आइतबार बिहान चन्द्रागिरि नगरपालिका चिसापानीस्थित सडकमा पहिरो खस्दा सवारी आवगमनमा अवरोध पुगेको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ। नागढुंगाबाट झण्डै एक किलोमिटर तल पहिरो खसेको हो।
अहिले सो पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा आएको छ। केहीबेरमै सवारी आवगमन दुईतर्फी नै सञ्चालनमा आउने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिरो खस्दा मानवीय वा सवारी साधनमा भने क्षति भएको छैन।