दसैं सुरू हुनै लाग्दा पनि यसपालि पानी परिरहेको छ। सोमबार साँझ पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ।
पानी पर्ने यो क्रम अझै केही दिन चल्ने देखिन्छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझै ८-१० दिन नेपालमा मनसुनी गतिविधि हुने देखिएको छ।
‘उत्तर पश्चिम भारतबाट मनसुन सकिँदै आउने हो। भारतीय मौसमविद्ले पश्चिम भारतमा नै बुधबार (अक्टोबर ६) बाट मनसुन बाहिरिने बताएका छन्,’ मौसमविद् मानन्धरले भनिन्,‘त्यसको अर्थ नेपालबाट मनसुन बाहिरिन अझै कम्तीमा ८-१० दिन लाग्छ। यसपालि दसैंमा यात्रा गर्दा पानी पर्छ कि पर्दैन भनेर पनि ख्याल गर्नुपर्ने भयो।’
पछिल्लो समय नेपालमा मनसुन औसतमा अक्टोबर २ मा सकिने गरेको थियो। यसपालि उक्त अवधि सकिएको दुई दिनपछि पनि वर्षा भइरहेको छ।
‘यसपालि औसतभन्दा धेरै पानी पर्छ भनेर हामीले पहिला नै भनेका थियौं,’ मानन्धरले भनिन्,‘अझै केही दिन मनसुनी गतिविधि हुने देखिन्छ।’
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
२०७८ आश्विन १८ गते (सोमबार)
राती: देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०७८ आश्विन १९ गते (मंगलबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०७८ आश्विन २० गते (बुधबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।