पहिला-पहिला बच्चा नजन्मिएको दोष पुरूषलाई दिइन्थ्यो। महिलालाई स्वास्थ्य परीक्षण गर्न लगिन्थ्यो तर पुरूषमा पनि प्रजनन क्षमता कमजोर हुन्छ भन्ने अनुमानै गरिएको हुँदैन थियो। तर अहिले विभिन्न खाले प्रविधिले पुरूषमा पनि प्रजनन क्षमता कमजोर भएको पत्ता लागेको छ। बच्चा नजन्मिनुमा पुरूषको एक तिहाइ, महिलाको एक तिहाइ र एक तिहाइ कारण पत्ता लाग्न सकेको छैन।
कुनै पनि साधनको प्रयोग नगरिकन एक वर्षसम्म बुढाबुढी सहबास गर्दासमेत बच्चा जन्मिएन भने त्यस्ता जोडीको प्रजनन क्षमतामा समस्या छ भन्ने बुझ्नुपर्छ। बच्चा नजन्मिनुमा पुरूष र महिला उत्तिकै जिम्मेवार हुन्छन्।
अहिले पुरूषको प्रजनन क्षमता कमजोरहुँदै गएको छ। पुरूषको शुक्राणुको संख्या समेत घट्दै गएको छ।
पुरूषको प्रजनन क्षमता कमजोर हुनुको एउटा कारण वंशानुगत हो। जुन हाम्रो नियन्त्रणमा छैन। तर धेरै कारणहरु नियन्त्रण गर्न सकिन्छ।
तनावपूर्ण र व्यस्त जीवनशैली, चुरोट सेवन, रक्सीको अत्यधिक सेवन, अत्यधिक मोटोपना र विभिन्न खालका रोगले पुरूषको प्रजनन क्षमता कमजोर बनाएको छ।
अहिले धेरै मान्छेले ल्यापटपको प्रयोग गर्छन्। काखमा राखेर ल्यापटप प्रयोग गर्दा अण्डकोषमा समस्या आउँछ। अण्डकोषको तापक्रम 'मेन्टेन' भएन भने प्रजनन क्षमतामा कमजोरी देखिन्छ।
टाइट कपडा लगाउने, मोटरसाइकलमा धेरै हिँड्ने व्यक्तिको प्रजनन क्षमतामा समस्या आउँछ।
महिलामा २५ देखि ३५ वर्षको उमेर पुग्दासम्म प्रजनन क्षमता ५० प्रतिशत घटेको हुन्छ। त्यसपछि क्रमशः अझै ठूलो अनुपातमा घट्छ। ३५ वर्षको उमेरपछि पुरुषको प्रजनन क्षमता कमजोर हुँदै जान्छ।
सहबासको ग्याप लामो भएको छ र सही समयमा सहवास भएन भने पनि गर्भ नरहन सक्छ।
प्रजनन क्षमता कमजोर भएका र प्रजनन क्षमता नभएका पुरूषको कुनै न कुनै किसिमको उपचार हुनसक्छ। त्यसका लागि चिकित्सकसँग सल्लाह गर्नुपर्छ।
पुरूषको प्रजनन क्षमता कमजोर हुनुको कारण र यसको उपचारबारे केन्द्रीत रहेर हामीले वीर अस्पताल र बयोधा अस्पतालमा कार्यरत युरोलोजिष्ट डा चितरञ्जन शाहसँग भिडिओ कुराकानी गरेका छौ, हेर्नुहोस्।