एमालेका उप-महासचिव तथा पूर्व-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
उनले मंगलबार ट्वीट गर्दै आफूलाई कोभिड पोजिटिभ भएको जानकारी दिएका हुन्।
'कोरोना पोजेटिभ आएको छ। सामान्य लक्षण देखिएको छ। ४/५ दिनअघिसम्म मसँग नजिक रहनुभएको सबैलाई सतर्कता अपनाउनु हुन, सुरक्षित रहन र लक्षण देखिएमा जाँच गर्नुहुन अनुरोध गर्दछु,' उनले ट्वीटमा लेखेका छन्।