प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र भक्तजनका लागि खुला गरिने यो मन्दिरमा सयौं भक्तजनको भीड लागेको छ।
आज मात्र खुल्ने मन्दिर भएकाले लाम बस्ने जतिलाई दर्शन गराइने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय जनाएको छ।
हेर्नुहोस् तस्बिरहरूः