भारतको वित्तीय केन्द्र मुम्बईमा कारको पछाडिको सिटमा बस्नेहरूका लागि पनि सिट बेल्ट लगाउन अनिवार्य गरिएको छ।
मुम्बई ट्राफिक प्रहरीका अनुसार आगामी नोभेम्बरदेखि यो नियम लागु हुनेछ।
यसअघि अगाडिको सिटका यात्रुले मात्र सिट बेल्ट लगाउनुपर्ने अनिवार्यता थियो तर गत महिना सडक दुर्घटनामा परी व्यापारी साइरस मिस्त्रीको मृत्युले सिट बेल्ट लगाउनुको महत्त्व बढेको भन्दै नयाँ नियम लागू गर्न लागिएको हो।
मुम्बई ट्राफिक प्रहरीले नयाँ नियमको पालना नगरे दण्ड गरिने बताएको छ।
भारतको यातायात मन्त्रालयले सन् २०२० मा भारतमा ३६ लाख ६१ हजार १३८ सडक दुर्घटनाहरू रेकर्ड गरेको थियो, जसमा १३ लाख एक हजार ७१४ जनाको मृत्यु भएको थियो भने तीन लाख ४८ हजार २७९ जना घाइते भएका छन्।