३५ औं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।
माइती नेपालले बुधबार दिप प्रज्वलनको आयोजना गरेको हो। गौशाला चोकमा आयोजित उक्त कार्यक्रममा मानिसहरूले एड्सबाट ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिएका हुन्।
यसैगरी माइतीघरमा विश्व स्वास्थ्य संगठनको आयोजनमा पनि दीप प्रज्वलन गरिएको छ।
विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्स विरूद्धको दिवस मनाउने गरिन्छ।
सबै तस्बिर: नवीनबाबु गुरूङ/निशा भण्डारी













