काठमाडौंका सडकमा यतिबेला आरू प्रजातिका फूल ढकमक्क फूलेका छन्। फूल फूलेसँगै सहर मनमोहक देखिएको छ।
शिशिर ऋतुको करिब करिब अन्त्य भएर वसन्त ऋतुको आगमनसँगै जताततै हरियाली छाउने र फूल फूल्ने गर्छन्।
न त धेरै गर्मी न त धेरै जाडो हुने यो समयलाई प्रकृतिले काँचुली फेरेको ऋतुको रुपमा लिइन्छ। उजाड प्रकृतिलाई यो ऋतुले फक्राइदिन्छ।
राजधानीको तीनकुने, सिनामंगल, भृकुटीमण्डप, लाजिम्पाटलगायतका ठाउँमा यतिबेला आरू, चेरीलगायतका वनस्पतिका फूल फुलेका छन्।
हेर्नुहोस् तस्बिरहरू