करेन्ट लागेर ट्रक चालकको मृत्यु भएको छ।
बाँके राप्तीसुनारी गाउँपालिका-२ समशेरगंज बस्ने ३२ वर्षीय खुमबहादुर रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान भीमदत्त नगरपालिकाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९५३ नम्बरको ट्रकले बिजुलीको मेन लाइनमा छुँदा चालकको मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।