कोशी प्रदेशको नामकरणविरूद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।
आइतबार दिउँसो माइतीघर मण्डलमा पहिचानपक्षधरहरूले प्रदर्शन गरेका हुन्। प्रदेश सभाले कोशी नामकरण गरेयता विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएका छन्। माइतीघरमा पनि पटकपटक प्रदर्शन हुँदै आएका छन्।
उनीहरूले प्रदेशको नाम पहिचान झल्किने गरी राख्नुपर्ने माग गरेका हुन्। किराँत सभ्यता झल्किने नाम राख्नुपर्ने उनीहरूको माग छ।
विराटनगरमा पनि दिनभर प्रदर्शन भएको थियो। जसक्रममा प्रहरी र पहिचान पक्षधरबीच झडप भएको थियो। त्यहीबीच जारी रहेको प्रदेश सभामा पनि सांसदहरूले आन्दोलनरत प्रदर्शनकारीहरूसँग वार्ता गर्नुपर्ने माग उठाएका थिए। त्यसका लागि समिति समेत गठन गर्न माग भएको थियो।
तस्बिरहरू: