१६ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए।
सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७० औं वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइएको हो।
सो अवसरमा नेपाल पर्वतारोहण संघ र ठमेल पर्यटन विकास परिषद् लगायत विभिन्न संघसंस्थाहरूले प्रभातफेरी गरी नेपाल पर्यटन बोर्डमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो।
ठमेलस्थित कर्मचारी सञ्चयकोषबाट प्रख्यात आरोही तथा पर्यटन व्यवसायी एवं सरकारी निकायका प्रतिनिधिहरू सहभागी प्रभावतफेरी भृकुटीमण्डपस्थित बोर्डको हालमा आएर सभामा परिणत भएको थियो।