सवारी साधनको गति जाँच गर्न काठमाडौं उपत्यकामा स्मार्ट क्यामरा राखिएको छ।
चक्रपथ (रिङरोड) का विभिन्न ठाउँमा राखिएका यस्ता क्यामराबाट सवारी साधन कति गतिमा गुडिरहेका छन् हेर्न सकिन्छ।
ट्राफिक प्रहरीले रिङ रोडमा अधिकतम ५० किमी प्रतिघन्टाको गतिमा सवारी साधन गुडाउन पाइने बताएको छ।
योभन्दा बढी गतिमा सवारी साधन गुडाएको पाइएमा कानुनअनुसार कारबाही गरिने ट्राफिक प्रहरीको भनाइ छ।
तस्बिरहरू: