पाकिस्तानमा मंगलबार स्कुल जान लागे ६ बालबालिकासहित ८ जना केवलकारमा अड्किएका छन्।
समाचार पत्र द डनका अनुसार पाकिस्तानको खैबर पख्तनख्वा प्रान्तको बत्ताग्राममा मंगलबार बिहान स्कुल जान लागेका उनीहरू केवलकार बिग्रिएपछि बीचमै फसेका हुन्।
उक्त पहाडी क्षेत्रमा गाउँदेखि स्कुलसम्म पुग्न नदीमा पुल र बाटो छैन। विद्यार्थीहरू स्कुल जान केवलकारको प्रयोग गर्ने गर्छन्।
बिहान ८ बजेतिर विद्यालय जाँदा फसेका उनीहरूको दिउँसोसम्म उद्धार हुन सकेको छैन।
हेलिकप्टरबाट मात्र उनीहरूको उद्धार सम्भव देखिएको छ। अहिले पाकिस्तानी सेनाको दोस्रो हेलिकप्टर केवलकार अड्किएको ठाउँमा पुगेको बताइएको छ।