अमेरिकी सेनाको एक हेलिकप्टर अष्ट्रेलियामा अभ्यासका क्रममा दुर्घटनामा परेको छ।
बिबिसीका अनुसार एमभी-२२बी ओस्प्रे हेलिकप्टर आइतबार अभ्यासका क्रममा टिवी टापुमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परी ३ जना सैनिकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ।
अमेरिकी सैनिकहरू त्यहाँ अष्ट्रिलिया, फिलिपिन्स, पूर्वी टिमोर र इन्डोनेसियाका सैनिकहरूसँग संयुक्त सैन्य अभ्यास गरिरहेका थिए।
दुर्घटनामा परेको हेलिकप्टरमा अमेरिकी सैनिकमात्र सवार थिए।
दुर्घटनाको कारण खुल्न सकेको छैन।