बेलायतमा सोमबार साँझ जहाजहरूको उडान र अवतरणमा रोक लगाइएको छ।
समाचार संस्था रोयटर्सका अनुसार बेलायतको एयर ट्राफिक कन्ट्रोल सिस्टममा समस्या देखिएपछि जहाजहरूको उडान र अवतरणमा रोक लगाइएको हो।
बेलायतको नेशनल एयर ट्राफिक सर्भिसले सिस्टममा देखिएको समस्या समाधान गर्न इन्जिनियरहरू लागिरहेको उल्लेख गरेको छ।
बेलायतमा उडान र अवतरण रोकिएपछि केही उडान रद्द भएका छन् भने केही उडान डिले भएका छन्। अवतरण हुनुपर्ने जहाज पनि डाइभर्ट भएका छन्।
सिस्टममा के समस्या भएको हो र कहिलेसम्म समाधान भइसक्छ भन्ने खुलाइएको छैन।