काठमाडौंको बालुवाटारस्थित रूसी दूतावासअघि रूस गएकाहरूको परिवारका सदस्य र आफन्तहरूले धर्ना दिएका छन्।
रूसी सेनामा नेपालीलाई भर्ना गर्न बन्द गर्नुपर्ने, युद्धमा घाइते भएकाको उपचार गर्नुपर्ने र युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागसहित मंगलबार दिउँसो उनीहरूले धर्ना दिएका हुन्।
यसैगरी उनीहरूले दूतावासमा ज्ञापन पत्र बुझाउने तयारी गरेका छन्।
'रूसी सेनामा रहेको नेपाली नागरिकको सकुशल घर फिर्ताको लागि वातावरण निर्माण, रूसी फौजमा भर्ती हुनबाट नेपाली नागरिकलाई रोक्ने कार्यका लागि उचित पहलकदमी र उचित निर्णयका लागि रूसी राजदूतावासमार्फत् रूसी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं,' ज्ञापनपत्रमा भनिएको छ।