बालुवाटारमा प्रदर्शन गर्न पुगेका १३ जना मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूलाई बुधबार पौने १२ बजे बालुवाटारबाट नियन्त्रणमा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
निषेधित क्षेत्रमा जान लागेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले जानकारी दिए।
मिटरब्याज पीडितहरू भृकुटीमण्डपबाट जमल- नक्साल हुँदै बालुवाटार मार्च गर्ने योजना थियो। उनीहरूलाई प्रहरीले भृकुटीमण्डमै रोकेपछि केही पीडित बालुवाटार प्रधानमन्त्री निवास ३ नम्बरको गेट पुगेका थिए।