आरती साहको परिवारले बिहीबार दिउँसो माइतीघरमा निषेधाज्ञा तोड्न प्रयास गर्दै प्रदर्शन गरेको छ।
बिहीबार आरतीको परिवारका सदस्यहरूले निषेधाज्ञा तोड्न प्रयास गरेको हुन्। निषेधाज्ञा तोड्ने प्रयास गरेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई छोडिसकिएको पनि प्रहरीले बताएको छ।
११४ औं अन्तराष्ट्रिय महिला दिवस कसका लागि गृहमन्त्री रवि लामिछाने भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका थिए।
धनुषाकी २२ वर्षीया आरती साह जेठ ७ गते श्रीमानको घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। उनको माइती पक्षले हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिन गर्न उनीहरूले माग गर्दै आएका छन्।
पढ्नुहोस्- छोरीको वियोगमा बिथोलिएको ४ जिन्दगी
तस्बिरहरूः