प्रत्येक पाँच वर्षमा हुने सम्यक महादान पर्व बुधबारदेखि सुरू भएको छ।
फागुन शुक्ल तृतीयाको दिन आयोजना हुने यो पर्व ‘दिपंकर पर्व’ नामले समेत प्रचलित छ। दुई दिन लामो शताब्दी पुरानो परम्परा ललितपुरको नागबहालको ठूलो खुला मैदानमा आयोजित हुने गर्छ, जहाँ दीपंकर बुद्ध (विगतका बुद्ध मध्ये एक) को सयौं मूर्तिहरू पूजाका लागि भेला हुन्छन्।
सबै क्षेत्रका भक्तहरूले देवता, रक्षक, भिक्षु र बौद्ध समुदायलाई पैसा, खानालगायत विभिन्न प्रकारका उपहार दिने गर्छन्। काठमाडौंको दरबार स्क्वायर र स्वयम्भूको भुइँखेलमा १२ वर्षमा एकपटक सम्यक मनाइन्छ भने भक्तपुरमा यो पर्व वार्षिक रूपमा मनाइन्छ।पहिलो सम्यक महादान नेपाल संवत् १३५ (सन १०१५) मा भएको भनिन्छ।
पर्वको दोस्रो दिन आज (बिहीबार) पूजा, महाद्वीप प्रज्वलन, महायज्ञ, महादान कार्य भइरहेको छ। महादान कार्य बिहीबार साँझ ४ बजेसम्म हुनेछ।
काठमाडौं, भक्तपुर, कीर्तिपुर, चोभारबाट विभिन्न विहारहरूमा रहेको दिपंकर बुद्धहरू, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा आदि देवदेवताहरूलाई पूजा गरी दान प्रदान गरिन्छ।
तस्बिरहरू: