नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआइजी टेकबहादुर तमाङले वीभत्स घटना र दुर्घटना हुँदा न्यूनतम मानवीय संवेदना नदेखिने बताएका छन्।
विभागले आइतबार गरेको अन्तरक्रिया कार्यक्रममा एआइजी तामाङले त्यस्ता घटना भएपछि उद्धारमा जुट्नुभन्दा मानिसहरू सामाजिक सञ्जालमा लाइभ गर्नतिर ध्यान दिने गरेको बताएका हुन्।
‘कुनै ठाउँमा दुर्घटना हुन पाएको हुँदैन, त्यहाँ चाँही मेरो लाईक र लाईभ्समा कति भ्युज आउँछ भनेर मोबाइल घुमाइराखेका हुन्छौं,’ उनले भने, त्यहाँ उद्धार हुनतिर लागेका हुँदैनौं।’
यसबाट न्यूनतम मानवीय संवेदनाका विषयमा हामी कहाँ छौ भन्ने देखिने एआइजी तामाङले बताए।
सुरक्षा निकायको चाहना त्यस्ता वीभत्स घटनाहरू सामाजिक सञ्जालमार्फत लाइभ नआओस् भन्ने चाहना हुने उनको भनाइ छ।
‘यो कुरा सर्वसाधरणमा पनि जाओस् भनेर भनिएको हो । किनकी यस्ता कुराहरु वीभत्स दृश्यहरुले मान्छेमा, समाजमा एकदम नकारात्मक असर पर्छ,’ उनले भने।