काठमाडौंबाट प्रहरीले स्कुटर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
आइतबार बूढानीलकण्ठ नगरपालिका-१ का २३ वर्षीय सुरेश भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका अनुसार शनिबार बेलुकी बूढानीलकण्ठ नगरपालिका-५ हरिकृष्ण मन्दिरको कम्पाउण्डमा पार्किङ गरिराखेको स्कुटर चोरी भएको सूचना आएको थियो।
सोही सूचना अनुसार खोजी गर्दा आइतबार बूढानीलकण्ठ नगरपालिका-३ रूद्रेश्वर चोकस्थित भण्डारीलाई स्कुटरसहित नियन्त्रणमा लिएको हो।
यस्तै, काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएको छ।