भोजपुरमा बोलेरो जिप दुर्घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आमचोक गाउँपालिका-१० का ३६ वर्षीय शान्ती राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्स्पेक्टर दलकुमार राईले जानकारी दिए।
योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ।
सोमबार बिहान १० बजे आसपास बालाङखाबाट चुहार जाँदै गरेको को १ ज २६१७ नम्बरबो जिप आमचोक गाउँपालिका-८ पारकुवास्थित सडकबाट दुधकोसी नदीको किनारमा खसेको थियो।
दुर्घटनामा आमचोक गाउँपालिका-१० की २७ वर्षीया रुना राई घटनास्थलमै मृत्यु भएको थियो।
जिपमा चालकसहित १४ जना यात्रु थिए।
घाइते १२ जनाको बिपी कोइरालामा उपचार भइरहेको इन्स्पेक्टर राईले जानकारी दिए।
कच्ची बाटो भएको र मोड्न खोज्दा जिप खसेको बताइएपनि अनुसन्धान भइरहेको छ।
जीप चलेको बाटो कच्चीसँगै अत्यन्त अप्ठ्यारो रहेको उनले बताए।