ललितपुरको गोदावरीस्थित आनन्द वनमा सोमबार रातिदेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन।
प्रहरी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन्। दमकल लगेर डढेलो नियन्त्रणको प्रयास गरिएको छ।
आनन्द वनमा डढेलो फैलिएर नजिकैको कुष्ठरोग अस्पतालमा आउन सक्ने भन्दै स्थानीय निभाउन गएका थिए। सो क्रममा दुई जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो।
ललितपुरका एसएसपी शेखर खनालका अनुसार घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एक जनाको उपचार भइरहेको छ।
गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहरीको उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए।
तस्बिरहरू: