झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
मंगलबार अर्जुनधारा नगरपालिका-२ का ५४ वर्षीय मोहनप्रसाद दुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए।
उनका अनुसार दिउँसो घर नजिक बारीमा मकैमा मल लगाउँदै गर्दा चट्याङ परेको थियो। सोही चट्याङ उनलाई लागेको थियो।
त्यसपछि उनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी चन्दले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।