काठमाडौंमा ५० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।
सुनसरी धरान उपमहानगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने विजयकुमार लिम्बु पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार उनलाई काठमाडौं महानगरपालिका-८ तिलगंगाबाट सुनसहित पक्राउ गरिएको हो।
गोप्य सूचनाको आधारमा उनलाई ५० ग्राम सुन (ब्रासलेट १ थान र औठी २ थान) सहित नियन्त्रणमा लिइएको कार्यालय प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
थप कारबाहीका लागि त्रिभुवन भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको उनले बताए।