सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरूईको मृत्यु भएको छ।
पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो।
बुधबार राति सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृत अवस्थामा भेटिएका थिए।
मे १८ तारिखका दिन नेपाली गाइडका साथ बिनाअक्सिजन जोसुआ सगरमाथा आधार शिविरबाट हिँडेका थिए। मे २२ (बुधबार) को बिहान उनीहरू सगरमाथा चुचुरोतर्फ लागेका थिए।
आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरे/नगरेको यकिन नभएको विभागले जनाएको छ।
बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभवी माउन्टेन पथप्रदर्शक परिचालन गरी क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो। सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो।
सहयोगीको अवस्था समेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ।