राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो।
शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा शनिबार अपराह्न साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर सनबहादुर बेपत्ता भएका थिए।
उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए।
पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ।