जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्रे भइरहेका छन्।
यसै क्रममा मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्रे सडकले जोडिएको छ।
बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्रे भएको हो ।
बेनी बजारबाट १२ दशमलव पाँच किलोमिटर मंगला गाउँपालिका–२ सिमसम्म कालोपत्रे गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत–बाबियाचौर– लाम्पाटा–पानाबगर हुँदै रणवाङको सिमानासम्म पुर्याएको छ।
पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर ८ सय मिटर सडक कालोपत्रे गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो ।
चौबिस किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो।