डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिबार सायल गाउँपालिका –४ डौडमा ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ झलारीका वर्ष ४६ का ट्याक्टर चालक रामकृष्ण डगौराको मृत्यु भएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायलमा निर्माणाधीन १० शय्याको अस्पतालमा सामान पुर्याएर फर्किने क्रममा भाँतला भन्ने ठाउँमा से २ भ २६ च १७६० नम्बरको ट्याक्टर सडकबाट १५ मिटर तल खसेको थियो।